राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई म्यासेज पठाएको छ ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन म्यासेज आएको सांसद रामहरी खतिवडाले जानकारी दिए । उनका अनुसार संसदीय दलबाट बैठकमा उपस्थित हुन म्यासेज आएको हो ।
सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले छानबिनका लागि संसदीय समिति गठनको माग राखेर सदन अवरुद्ध गर्दै आएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक साढे ११ बज्न लाग्दा समेत सुरू भएको छैन ।
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१ ११:३१
प्रतिक्रिया दिनुहोस्