site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बिहान ४  बजे नै बेइजिङ पुगे पुटिन, भव्य स्वागतसँगै शीर्षस्थ वार्ता सुरू

बेइजिङ । युक्रेनसँग युद्ध चर्किरहेका बेलामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार चीनको राजधानी बेइजिङ पुगेका छन् । उनी दुईदिने भ्रमणका लागि चीन गएका हुन् । उनले बेइजिङ पुग्नासाथै चीनका समकक्षी सी जिनपिङसँग दुईपक्षीय वार्ता थालेका  छन् ।

सो भेटघाटलाई चिनियाँ मिडियाले सानो समूहको वार्ता (स्मल ग्रुप टक)को नाम दिएका छन् । बिहीबार बिहानको वार्ताको एजेण्डा सुरक्षा र विदेश मामिलाको विषय भएको र त्यसमा युक्रेन युद्ध अवश्य पर्ने जनाइएको छ ।

Dabur Nepal
NIC Asia

विश्लेषकहरूका अनुसार पुटिनले चीनसँग सहयोगको अपेक्षा गरेका छन् । त्यसमा आर्थिकसम्बन्ध तथा चीनमा उत्पादित उपकरण र प्रविधि पर्ने जनाइएको छ । जुन रुसको लागि जारी युद्धमा  जरुरी रहेको छ । 

सीले भने युक्रेनका सम्बन्धमा रुसको रणनीति र पुटिनले यसअघि चेतावनी दिएझैँ युद्धमा रासायनिक हतियार प्रयोग नहुने कुराको आश्वासन खोज्न सक्नेछन् ।  चीनले रसियाले युद्धमा कुनै पनि रासायनिक हतियार प्रयोग गरेमा त्यो चीनका लागि ‘रेड लाइन’ हुने जनाउँदै आएको छ ।

चीनका सामाजिक सञ्जालमा पुटिनको भ्रमणको निकै चर्चा भइरहेको छ । बिहीबार टिकटकमा पुटिनको बेइजिङ आगमन सबैभन्दा ट्रेन्डिङको विषय भइरहेको छ । सो आगमनको भिडियो ७० मिलियनभन्दा बढी प्रयोगकर्ताले हेरेका छन् । पुटिनलाई चीनका राष्ट्रपतिले ग्रेट हल अफ द पिपुलको पूर्वी गेट बाहिर चोकमा भव्य समारोहका बीच स्वागत गरेका थिए । 

सो अवसरमा रुसी सेनाको ब्यान्डले रुसी राष्ट्रियगान र त्यसपछि चिनियाँ राष्ट्रियगानले स्वागत गरेका थिए । ग्रेट हलमा नै अहिले वार्ता चलिरहेको बताइएको छ । पुटिन बिहान स्थानीय समय अनुसार ४ बजे नै बेइजिङ पुगेका हुन् । बीबीसी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro