site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नीति तथा कार्यक्रम र बजेटको तालमेल नभएको भन्ने गुनासो आउँदैन : अर्थमन्त्री पुन 
फाइल तस्बिर

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम निकै राम्रा आएको र यसका आधारमा आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन् । 

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री पुनले अहिलेकोे कार्यक्रम राम्रो भएकाले यसलाई समर्थन गर्ने गरी बजेट आउने बताएका हुन् । 

Dabur Nepal
NIC Asia

उनले बजेटमार्फत सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको धारणा राखे । यसपटक नीति तथा कार्यक्रम र बजेटको तालमेल नभएको भन्ने गुनासो नआउने उनले दाबी गरे । 

राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गरेपछि धन्यवाद दिने बैठक कांग्रेसले अवरुद्ध गर्नु उचित नभएको बताए । जनप्रतिनिधि संस्थालाई लगातार अवरुद्ध गर्न नहुने भन्दै एकपक्षीय आरोपको जवाफ सदनमा  दिन पाउनुपर्ने बताए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro