site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभामा पनि कांग्रेसले अवरोध गर्ने, तल्लो सभाको विवाद माथि नल्याउन अध्यक्षको आग्रह 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक पनि अवरुद्ध गर्ने बताएको छ । मंगलबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले बोलाएको राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँगको छलफलमा कांग्रेसले सो जानकारी गराएको हो । 

नेपाली कांग्रेस दलका नेता कृष्णप्रसाद सिटौलाले सदन अवरोध गर्ने जानकारी दिए । “संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा हामी अवरोध गर्दैनौँ । धन्यवाद प्रस्तावका लागि बस्ने राष्ट्रियसभा बैठकमा हाम्रो अवरोध रहन्छ । यो हाम्रो पार्टीको निर्णय हो,” उनले भने । 

अध्यक्ष दाहालको सचिवालयले दिएको जानकारीअनुसार सरकारको नीति तथा कार्यक्रमको संयुक्त बैठक र त्यसपछिको राष्ट्रियसभाको बैठक सञ्चालन गर्नेबारे छलफल भएको थियो । उक्त छलफलमा नेपाली कांग्रेसले सहकारी बचत अपचलनमा गृहमन्त्री लामिछाने संलग्न भएको र छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग कांग्रेसको छ । 

समिति नबनेसम्म सदन चल्न नदिने अडान कांग्रेसको छ । बैठकमा अध्यक्ष दाहालले राष्ट्रियसभाको गरिमा, पहिचान स्थापित गर्नका लागि तल्लो सदनको विवाद माथिल्लो सदनमा ल्याउनु राम्रो नहुने धारणा राखेका थिए । “हामी आफैँ निर्णय गर्न सक्छौँ भन्ने सन्देश दिन जरूरी छ । प्रतिनिधिसभामा हुने सहमति/असहमति उहाँहरूले उतै मिलाउनु हुन्छ,” उनले भने, “हामी परिपक्व र विज्ञ सभाका सदस्यहरूले हाम्रो परिपक्वता देखाउने यस्तै अवस्थामा हो । त्यसैले बैठक सुचारू गर्न प्रतिपक्षमा रहनुभएका माननीयज्यूहरूले सहयोग गर्नुहोस् ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro