site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीले बोल्न पाउनुपर्ने रास्वपाको माग, कांग्रेस भन्छ– धन्यवाद प्रस्ताव टेबल हुँदैन 

काठमाडौं । सभामुख देवराज घिमिरिले बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद् बैठकमा बोल्न पाउनुपर्ने माग राखेको छ । 

बैठकमा सहभागी भएका रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्री लामिछानेले संसद् बैठकमा सभामुखले बोल्न दिएको भन्दै मंगलबारको बैठकमा बोल्न पाउनुपर्ने माग राखे । 

Dabur Nepal
NIC Asia

“गृहमन्त्रीले बोल्न पाउनुपर्छ । धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा हुँदैन । कांग्रेसले पुनर्विचार गर्नुपर्छ,” उनले भने । 

छलफलमा सहभागी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नीति कार्यक्रम प्रस्तुत हुन दिने, तर धन्यवाद प्रस्ताव टेबल गर्न नदिने अडान राखेको छ । सचेतक सुशीला थिङले बैठकमा भनिन्, “संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने, तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहन्छ । छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ ।”

बैठकमा सभामुख देवराज घिमिरेले दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरू र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नहुने बताए ।

उनले राजनीतिक दलहरूबीच सहमति नहुँदा संसद्का बिजनेश प्रभावित हुने देखिएको उल्लेख गरे । “संवैधानिक संकट हुने अवस्था नआओस्,” उनले भने ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro