site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अझै स्वस्थकर छैन काठमाडौंको वायु
फाइल तस्बिर ।

काठमाडौं । देशमा वायु प्रदूषणको तह घटेको छ । वैशाख तेस्रो सातासम्म उच्च प्रदूषित अधिकांश सहरहरू वर्षासँगै सफा भएका छन् ।

काठमाडौं उपत्यकामा पनि वायु प्रदूणको तह घटेको छ । तर, विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार वायु स्वस्थकर भइसकेको छैन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मंगलबार बिहान ११ः३० बजे वातावरण विभागको रेकर्डअनुसार, ललितपुरको भैँसेपाटी क्षेत्र सबैभन्दा धेरै प्रदूषित छ । त्यहाँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १७१ छ ।

काठमाडौंका शंखपार्क, रत्नपार्क, ललितपुरको खुमलटार, भक्तपुरलगायत स्थानमा एक्यूआई ५१ देखि ८१ सम्म छ । त्यो वायु बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीका निम्ति हानिकारक हुनसक्छ । पछिल्लो २४ घण्टामा ती स्थानको औसत एक्यूआई ९४ सम्म मापन गरिएको विभागको तथ्यांक छ ।

वैशाख तेस्रो सातासम्म उच्च प्रदूषित उपत्यकाबाहिरका पोखरा, धनकुटा, नेपालगन्ज, राराक्षेत्र मंगलबार सफा छन् । ती क्षेत्रको एक्यूआई ५० भन्दा कम छ । मंगलबार बिहान ११ः३० बजे सबैभन्दा सफा नेपालगन्ज (एक्यूआई १९) देखिएको छ ।

एक्यूआई ५० भन्दा कम भएको वायु सबैका निम्ति स्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ । वायुमा रहेका १० र २.५ माइक्रोग्रामभन्दा साना खराब कणहरूको मात्रा एक्यूआईमार्फत मापन गरिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro