site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जापानको ७७ प्रतिशत कोभिड–१९ मौखिक औषधि नष्ट गरिने

टोकियो । जापानले खरिद गरेको कोभिड–१९ मौखिक औषधिको ७७ प्रतिशत प्रयोग नगरी नष्ट गर्ने तयारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापान सरकारले महामारीको समयमा ५६ लाख मानिसका लागि मौखिक औषधिहरू सुरक्षित गरेको थियो । त्यसमध्ये ४३ लाख मानिसका लागि औषधिहरू प्रयोगविहीन रहेको क्योदो न्युजले जनाएको छ । 

Dabur Nepal
NIC Asia

स्वास्थ्य मन्त्रालयका अनुसार जापानले २० लाखका लागि शिओनोगी एन्ड कम्पनीले उत्पादन गरेको एक्सोभा ट्याब्लेट, १६ लाखका लागि मर्क एन्ड कम्पनीले बनाएको लागेभ्रियो क्याप्सुल र २० लाखका लागि फाइजर इन्कले उत्पादन गरेको प्याक्सलोभिड चक्की सुरक्षित गरेको राखेको छ ।

औषधिका लागि भुक्तानी गरिएको रकम प्रतिवेदनमा खुलाइएको छैन । तीन खर्ब येन (करिब एक अर्ब ९३ करोड अमेरिकी डलर) मूल्यको अनुमानित बाँकी औषधि म्याद सकिएपछि नष्ट गरिने छ । 

जापानले पहिले नै प्रयोग नगरिएका कोभिड–१९ खोपको २४ करोड डोज डिस्पोज गरिसकेको छ । यसको मूल्य ६ खर्ब ६५ अर्ब ३० करोड येन (लगभग चार अर्ब २७ करोड डलर) रहेको क्योदोले जनाएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro