site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले भोलि दिउँसोसम्म छानबिन समिति बनाउने विश्वास छ : लेखक  
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् अवरोधको निकास प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै दिनुपर्ने बताएका छन् ।

आइतबार सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकबीचको बैठकपछि उनले भोलि (सोमबार) दिउँसोसम्ममा संसदीय छानबिन समिति बनाइने विश्वास व्यक्त गरे ।

“मलाई विश्वास छ, भोलि दिउँसोसम्ममा सरकारले, सत्तापक्षले संसदीय छानबिन समिति गठन गर्ने कुरालाई अगाडि ल्याउनेछ,” उनले भने ।

संसदीय छानबिन समिति बनाउनुपर्ने अडान आफूहरूले बैठकमा दोहोर्‍याएको उनले सुनाए । उनले सदनको अवरोध अन्त्यका निम्ति सरकारले नै पहल गर्नुपर्नेमा जोड दिए ।

“बल नेपाल सरकारको कोर्टमा छ, कसरी डिल गर्छ त्यसमा भर पर्छ,” लेखकले भने ।

सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठनको माग गरिरहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro