site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल भित्रने रेमिट्यान्स बढ्यो, नौ महिनामा १० खर्ब ८२ अर्ब भित्रियो
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल भित्रने रेमिट्यान्स १९.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्ला आर्थिक वर्ष २०७९/०८० को पहिलो नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स उक्त प्रतिशतमा वृद्धि भएको हो । 

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो नौ महिनाको विवरणमा सो अवधिमा १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको उल्लेख छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स २४.२ प्रतिशतले बढेको थियो । 

अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १७.७ प्रतिशतले वृद्धि भई आठ अर्ब १५ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १३.९ प्रतिशतले बढेको थियो । 

राष्ट्र बैंकका अनुसार २०८० साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या तीन लाख २९ हजार ४२२ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या तीन लाख ८७ हजार ८३९ थियो ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख १२ हजार ७२१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई लाख १७ हजार ९५९ रहेको थियो ।

समग्रमा पछिल्लो ९ महिनामा वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिनेको संख्या पाँच लाख ४२ हजार १४३ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलना यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । 

गत आर्थिक वर्ष २०७९/०८० को पहिलो नौ महिनामा ६ लाख पाँच हजार ७९८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ६३ हजार ६५५ ले घटेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro