site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
करेन्ट लागेर धनुषामा एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर

जनकपुर । धनुषामा करेन्ट लागेर ३० वर्षीय एक युवकको मृत्यु भएको छ । बिहीबार बिहान ६ बजे बटेश्वर गाउँपालिका–२, रमौली टोलका ३० वर्षीय अमरेशकुमार महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवाले घटनाको पूर्ण विवरण प्राप्त भई नसकेको बताउँदै वन्यजन्तुबाट बालीनालीको सुरक्षाका लागि खेतबारीमा थापिएको विद्युतीय धराप (करेन्ट) मा परेर महतोको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए । 

महतोको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले जानकारी दिए । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro