site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अफगानिस्तानमा विस्फोट : तीनजनाको मृत्यु, पाँच घाइते
Sarbottam CementSarbottam Cement

काबुल (अफगानिस्तान) । अफगानिस्तानको बदख्सान प्रान्तको केन्द्रमा बुधबार सुरक्षा बललाई लक्षित गरी भएको विस्फोटमा तीनजनाको मृत्यु  हुनुका साथै अन्य पाँचजना घाइते भएको टोलो न्युजले जनाएको छ ।

तालिबानको गृह मन्त्रालयले फैजाबाद सहरमा सुरक्षा बलको शिविरलाई लक्षित गरी विस्फोट गराइएको जनाएको छ । अफिम खेती उन्मूलन गर्ने अभियानमा सुरक्षा बलको क्याम्प त्यस क्षेत्रमा तैनाथ थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रारम्भिक जानकारीअनुसार घटनामा तीन सुरक्षा बलका सदस्यको मृत्यु हुनुका साथै अन्य पाँचजना घाइते भएको मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले बताए ।

यसैबीच, बदख्सानका नागरिकहरूले तालिबानलाई यस क्षेत्रको सुरक्षा बढाउन अनुरोध गरेको बदख्सानका बासिन्दा रसूलले उल्लेख गरे । अहिलेसम्म कुनै व्यक्ति वा समूहले उक्त विस्फोटको जिम्मेवारी लिएको छैन । घटनाको थप विवरणको प्रतिक्षा गरिएको छ । रासस/एएनआई

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement