एजेन्सी । इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । अजरबैजानबाट फर्किने क्रममा उनी सवार हेलिकप्टर दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हेलिकप्टरमा राष्ट्रपति रैसीसहित विदेशमन्त्री हुसेन अमिर बदोल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, पूर्वी अजरबैजानका गभर्नर मलिक रहमतीसहित सवार रहेको जनाइएको छ ।
हेलिकप्टर अजरबैजानसँगको सिमानानजिकै दुर्घटनामा परेको अल्जजिराले उल्लेख गरेको छ ।
इरानको स्टेट टेलिभिजनले खराब मौसमका कारण दुर्घटना भएको बताएको छ । हेलिकप्टरको खोजिकार्य जारी रहँदा यात्रुहरूको अवस्थाबारे कुनै जानकारी आएको छैन ।
सन् २०२१ मा ६३ वर्षीय रैसी राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
अल्जजिराबाट ।