विदेश
तेहरान । इरानका राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिन चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । अवस्था अझै अज्ञात रहेको बेलामा रसियाले उद्धार दल पठाउन लागेको त्यहाँका मिडियाले जनाएका छन् ।
आरआईए नोभोस्टीका अनुसार टोलीमा ४७ जना विशेषज्ञ, अल टेरेन भेइकल र हेलिकोप्टर रहेको जनाइएको छ ।
समाचारमा जनाइएअनुसार सरसामान लोड गरिसकेको र इरानी सहर तब्रिजतर्फ उडेको जनाइएको छ । हेलिकोप्टर र उद्धारकर्ता हाई अल्टिच्युडको सबैभन्दा कठिन कार्यको लागि तयार रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् । बीबीसी
इरानका राष्ट्रपति र विदेशमन्त्री चढेको हेलिकोप्टर दुर्घटना, खराब मौसमले उद्धारमा समस्या
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ ०७:४३
प्रतिक्रिया दिनुहोस्