site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेले के भने संसद्‌मा ? (भिडियोसहित)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले लामो समयको मागपछि प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन् ।

लिखित सम्बोधन तयार पारेर रोष्ट्रममा उभिएका गृहमन्त्री लामिछानेले बढीजसो समय प्रतिपक्ष कांग्रेसका नेताहरुप्रति लक्षित थियो । 

उनले कांग्रेस सभापति शेरबहादुर देउवा, पत्नी आरजु राणा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापासहितका नेताहरुलक्षित सार्वजनिक समाचार उल्लेख गर्दै छानबिन समिति बनाउन तयार हो कि होइन भनी प्रश्न गरेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

लामिछानेले सम्बोधनका क्रममा जीबी राईले गरेका सबै फोहोर आफूले सफा नगर्ने बताए ।

उनले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै भने, “जीबी राईले गरेका सबै फोहोर मैले सफा गर्नुपर्छ भन्ने छैन ।”

लामिछानेले कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर अस्वीकार गरेका कारणले आफूमाथि यसरी प्रहार भएको टिप्पणी गरेका थिए ।

“किसुनजी र गणेशमानजीको पार्टी यस्तो अलोकतान्त्रिक हुन्छ ? लोकतान्त्रिक दलले अर्को पार्टीको सांसदलाई बोल्न नदिने निर्णय गर्न मिल्छ ? यो कुन अभ्यास हो ? किसुनजी र गणेशमानजीको कांग्रेस लोकतन्त्रको यो कस्तो अभ्यास हो ?”

आफुमाथि मिडियाले निरन्तर प्रहार गरेको बताउँदै मिडियालाई जवाफ दिन आफू तयार नभएको र मिडिया मिलाउन पनि नलाग्ने बताए ।

“सदनमा बोल्न पत्रपत्रिका मिडिया पढ्नुपर्ने रहेछ, कानुनको लाइन–लाइन पढ्नपर्ने भनेको पत्रिकाको हेडलाइन पढ्नुपर्ने रहेछ,” उनले भने । 

गृहमन्त्री लामिछानेले नेपाली कांग्रेस कस्तो लोकतान्त्रिक पार्टी हो ? भनी प्रश्न पनि गरे ।

“मिडियाको हेडलाइनले अपराध गर्ने मान्छे डराउँछ होला रास्वपा कायरहरुको पार्टी होइन रवि लामिछाने कायर हैन,” उनले भने । 

आफूहरू सत्यको बाटोमा हिँडेको भन्दै झुठा मुद्दा र उजुरीसँग नडराउने बताए । 

“हामीसँग दरिलो मुटु छ, मिडिया ट्रायलको खेल चल्दैन । खेल्न र हार्न केही छैन, झुठा मुद्दा र उजुरीसँग डराउँदैन । झुक्न एक इन्च पनि स्वीकार्य छैन,” उनले भने ।

उपप्रधानमन्त्री  समेत रहेका लामिछानेले कृषि अनुदानमा बाख्रा पाल्नेहरुलाई सदनबाट बाहिर पठाउन माग पनि गरे ।

गगन थापाले दोहोरो नागरिकता बोक्ने र सहकारी ठग्नेहरुलाई सदनबाहिर पठाएर छानबिन गर्न र निर्दोेष भए माला लगाएर स्वागत गर्न र दोषी भए कारवाही गर्न माग गरेका थिए । 

त्यसको जवाफमा लामिछानेले सरकारको अनुदान लिएर कुखुरा माछा खसी बाख्रा पाल्नेलाई सदन बाहिर पठाउन माग गरेका हुन् ।

उनले आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै अत्याचार भएको र त्यो सहन पनि तयार भएकोसमेत बताए । “...संसदीय छानिबनका लागि बाध्य पार्ने कार्य अनुचित हो । अनैतिक हो । अराजनैतिक हो । अवैधानिक हो । अन्याय हो । अति हो र अत्याचार गर्नु हो ,” उनले भने, “ म अत्याचार, अन्याय सहन तयार छु ।” 

उनले गृहमन्त्री हुन अनैतिक हुने प्रधानमन्त्री हुन नैतिक कसरी भनी प्रश्न पनि सोधे । “गृहमन्त्री हुन नैतिक रुपमा नमिल्ने भए प्रधानमन्त्री हुन चाहिँ कुन नैतिकरुपले मिल्ने रहेछ ?,” उनले भने, “अफर गर्नेहरुले कान रातो पार्नुपर्दैन । म राजनीतिमा गोपनीयतालाई ख्याल राख्ने मान्छे हुँ ।” 

उनले प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेपछि संसदीय छानबिन समिति मागेको दाबी गरे । “राति प्रधानमन्त्रीको अफर । अफर अस्वीकार गरेपछि भोलिपल्ट सदन अबरुद्ध र संसदीय समितिको माग । यो राजनीतिक नैतिकताको कुनचाहिँ कितावको कुन चाहिँ पृष्ठमा पर्छ ?,” लामिछानेले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  २०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro