site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इरानका राष्ट्रपति र विदेशमन्त्री चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त

तेहरान । इरानका राष्ट्रपति इब्राहिम रहिसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिन चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । इरानका गृहमन्त्री अहमद वाहिदीले दुवैजना हेलिकोप्टरमा सवार भएको पुष्टि गरेका छन् ।

उक्त  हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमति समेत अन्य व्यक्ति पनि सवार भएको जनाइएको छ ।
इरानको सरकारी मिडियाका अनुसार ‘हार्ड ल्यान्डिङ’ गर्नु परेको बताइएको छ । उद्धारका लागि एक उद्धार टोली घटनास्थलतर्फ गएको जनाइएको छ । खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको जनाइएको छ । बीबीसी
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro