site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिविलाई शिक्षामन्त्रीको निर्देशन– समयमै परीक्षा लिनू, नतिजा सार्वजनिक गर्न ढिलाइ नगर्नू

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले वार्षिक कार्यतालिका निर्धारण गरेर सोहीअनुसार परीक्षा सञ्चालन गर्न र नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएकी छन् ।

त्रिविद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले वार्षिक कार्यतालिका निर्धारण गर्न र सोहीअनुसार काम गर्न निर्देशन दिएकी हुन् । उनले त्रिविबाट समकक्षता लिने र ट्रान्सक्रिप्ट लिनेलगायतका विषयलाई सहज बनाउन पनि विश्वविद्यालय प्रशासनलाई निर्देशन दिएकी छन् ।

Argakhachi Cement Island Ad

त्यस्तै, त्रिविको जग्गा अतिक्रमण भएको विषयमा उच्चस्तरीय जाँचबुझ समिति गठन गरिने पनि शिक्षामन्त्री श्रेष्ठले बताइन् ।

सो अवसरमा त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले त्रिविको पुनर्संरचना प्रक्रिया अगाडि बढाइने बताए । 

“सरकारको शिक्षा नीति, २०७६ र त्रिभुवन विश्वविद्यालयको भिजन, २०३० मा पनि विश्वविद्यालयको पुनःसंरचनाको विषय उल्लेख भएको छ,” उनले भने, “पुनर्संरचनालाई टुंगो लगाइसक्ने भन्ने होइन, विभिन्न तीनवटा क्याम्पसलाई डिग्री अवार्डिङ इन्सिच्युसनको रूपमासम्म विकास गर्ने भन्ने हाम्रो योजना हो ।”

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  २१:५५
प्रतिक्रिया दिनुहोस्