site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा तेस्रो चरणको मतदान : ९३ सिटको फैसला हुँदै
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु भएको छ । बिहान ७ बजेबाट त्यहाँ मतदान सुरु भएको हो । 

तेस्रो चरणअन्तर्गत आज भइरहेको निर्वाचनमा ११ राज्य र केन्द्र शासित क्षेत्र समेत ९३ सिटका लागि मतदान भइरहेको छ । तेस्रो चरणमा कुल एक दशमलव ८५ लाख मतदान केन्द्रमा १७ दशमलव २४ करोड मतदाताले मतदान गर्दै छन् । यसमा आठ दशमलव ८५ करोड पुरुष र ८ दशमलव ३९ करोड महिला मतदाता रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गृहमन्त्री अमित शाह, स्वास्थ्यमन्त्री मनसुख मंडाविया, केन्द्रीय मन्त्री पुरुषोत्तम रुपाला समेत केही मन्त्रीको आजको निर्वाचनले भाग्य फैसला गर्नेछ । गुजरातको सुरतमा भने भाजपाका प्रत्यासी निर्विरोध निर्वाचित भएका छन् । आज मतदान भइरहेका राज्यमा असम, विहार,छत्तीस–गढ, गोवा, गुजराज, कर्नाटक, मध्यप्रदेश, महाराष्ट्र, उत्तरप्रदेश, पश्चिम बंगाल, दादर नगर हवेली तथा दमन दीप रहेका छन् ।

भारतमा कुल सात चरणमा निर्वाचन हुँदैछ । अन्तिम चरणको लागि आउँदो जुन १ तारेखको मिति तोकिएको छ । बीबीसी

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement