site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मोदीलाई केजरीवालको चुनौतीे– आधा घण्टामा आफूहरूलाई पक्राउ नगरे भाजपा हार्नेछ
फाइल तस्बिर

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसहित आम आदमी पार्टीका नेताहरू सत्तारुढ भारतीय जनता पार्टी(भाजपा)को मुख्यालयमा मार्चपास गर्नुअघि आफ्नै पार्टीको मुख्यालयमा भेला भएका छन् ।पार्टीको मुख्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै मुख्यमन्त्री केजरीवालले भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘अपरेसन झाडु’ चलाएको आरोप लगाएका छन् ।

उनले आम आदमी पार्टीका सबै नेतालाई गिरफ्तार गर्ने योजना बनाइएकोले आज आफूहरू गिरफ्तारी दिनका लागि भाजपा कार्यालय जान लागेको बताए । केजरीवालले प्रहरीले जहाँ रोक्छ त्यहाँ आफूले धर्ना दिने र आधा घण्टामा प्रहरीले पक्राउ नगरे भाजपा हार्ने समेत बताए । 

Argakhachi Cement Island Ad

प्रधानमन्त्री मोदीले आम आदमी पार्टीविरुद्ध अपरेसन झाडु चलाएको उनको आरोप छ । प्रधानमन्त्री मोदीले अहिले नै आम आदमी पार्टीलाई सकाउन पाए भाजपालाई पछि चुनौती नहुने कतिपय व्यक्तिसँगको भेटघाटमा बताउने गरेको समेत केजरीवालले कार्यकर्तालाई बताएका छन् ।

उनले एक केजरीवाललाई पक्राउ गरिए पनि हजारौँ केजरीवाल जन्मिने बताएका छन् । बीबीसी
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्