site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ताइवानकाे संसद्‌मा सांसदबीच कुटाकुट 

ताइपेई । ताइवानको संसद्‌मा सांसदहरूबीच आवश्यक सुधारको व्यवस्थालाई लिएर कुटाकुट भएको छ । ताइवानका नवनियुक्त राष्ट्रपति लाई चिंग टे संसद्को बहुमत बिना नै कार्यभार सम्हाल्नुअघि गएको शुक्रबार संसद्‌मा सांसदहरूबीच कुटाकुट भएको हो । 

संसद्‌मा सांसदहरू चिच्याउँदै एक अर्कालाई कुटपिट र धकेलाधकेल गरेका थिए । संसद्‌मा  सुधारका लागि मतदान गर्नुअघि लेगिस्लेटिभ च्याम्बर बाहिर उनीहरू त्यसरी प्रस्तुत भएका हुन् । त्यसपछि त्यो झडप संसद्‌भित्र पनि चलेको थियो । 

Dabur Nepal
NIC Asia

स्तब्ध बनाउने खालका दृश्यमा सांसदहरू सभामुखको सिटतिर नजिकिएका थिए । केही टेबुलमा उक्लेर अरुलाई फ्लोरतिर तानिरहेका थिए । 

यो सबै संसद्‌मा अल्पमतमा रहेका राष्ट्रपति लाईले भोलि सोमबार पद वहाली हुनुअघि भएको हो । उनी जनवरीमा भएको निर्वाचनमा निर्वाचित भएका हुन् । तर, उनको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)ले संसद्‌मा आफ्नो बहुमत गुमाएको छ ।  प्रमुख प्रतिपक्षी पार्टी कोमिन्ताङ(केएमटी)को संसद्‌मा बढी सिट रहेको छ । तथापि, बहुमत भने छैन । त्यसैले उसले सानो ताइवान पिपुल्स पार्टी(टीपीपी)सँग कार्यगत एकता गरिरहेको छ ।  

सरकारविरुद्ध उत्रिएको विपक्षीले संसद्‌मा गलत वक्तव्य दिने अधिकारीलाई फौजदारी अभियोग लगाउने विवादास्पद प्रस्ताव पनि अघि सारेको छ । त्यसलाई सत्तापक्षले गैरसंवैधानिक भन्दै आएको छ । शुक्रबारको झडपमा सांसदलाई अर्को सांसदले बोकेर फालेको र केही सांसदले मोबाइलले अर्का सांसदलाई हिर्काउन खोजेको दृश्य समेत देखिएको छ । सीएनएनमा आधारित
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro