site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

लमजुङ । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर दोदी–४, जितौरेका २६ वर्षीय विकास गुरुङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार, गुरुङ शनिबार राति साथीसहित किसेदि खोलामा माछा मार्न गएका थिए । सोही ठाउँका बिनबहादुर गुरुङको धन्सारबाट बिजुलीको तार जोडी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक थानेश्वर चापाइले बताए ।

उनको मृत्यु भएको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । बेँसीसहरस्थित लमजुङ अस्पतालमा शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro