site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
आम आदमीका नेता–कार्यकर्तालाई भाजपा हेडक्वार्टरमा जान रोक
अरविन्द केजरीवाल । तस्बिर : एएनआई ।

नयाँ दिल्ली । भारतको आम आदमी पार्टीका नेता–कार्यकर्ता आइतबार प्रदर्शनसहित सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालयतर्फ जाने क्रममा रोकिएका छन् । प्रहरीले भाजपा कार्यालय आसपासको क्षेत्रमा निषेधाज्ञासम्बन्धी सेक्सन १४४ प्रयोग गरिएको जनाएको छ ।

दिल्ली सेन्टरका डीसीपी हर्षवर्द्धन मान्डभले उनीहरू कार्यालयतर्फ आउने क्रममा आफूहरूले रोकेको जनाएका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आम आदमी पार्टीका सबै नेतालाई प्रधानमन्त्री नरेन्द्र मोदीले पक्राउ गर्न खोजेको आरोप लगाउँदै हिजो पार्टीका नेता–कार्यकर्तालाई लिएर भाजपाको हेडक्वार्टरमा जाने बताएका थिए ।

Dabur Nepal
NIC Asia

सोहीअनुसार आज आम आदमीको पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गरेर उनी नेता–कार्यकर्तासहित भाजपाको हेडक्वार्टरतर्फ निस्केका थिए । उनले जानुअघि आफूहरूलाई पक्राउ गर्न चुनौती पनि दिएका थिए । आफूहरूले आधा घण्टा निषेधित क्षेत्रमा धर्ना दिने र भाजपाले पक्राउ गराउन नसके भाजपा हार्ने भन्दै उनले चुनौती दिएका थिए ।

आमा आदमी पार्टीका राज्यसभाका सांसद स्वाति मालीवालले आफूमाथि कुटपिट गरिएको आरोप लगाउँदै मुख्यमन्त्रीका निजी सचिव विभव कुमारविरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो । आम आदमी पार्टीले त्यसको प्रतिवाद गरेको थियो ।

स्वातिले मुख्यमन्त्रीका निजी सचिवविरुद्ध भाजपाले सिकाएका आधारमा आरोप लगाएको आम आदमी पार्टीका नेताले आरोप लगाएका थिए । स्वातिले भने प्रहरीमा दिएको उजुरीमा आफूलाई विभव कुमारले गालामा थप्पडका साथै लात्तीले छातीमा हानेको आरोप लगाएकी थिइन् । यही सेरोफेरोमा आम आदमी पार्टीले आज भाजपा कार्यालयसम्म प्रदर्शन गरेको हो । बीबीसी हिन्दीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro