site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपाल–जापान परराष्ट्रमन्त्री स्तरीय बैठक : सहयोग वृद्धि गर्ने विषयमा छलफल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल–जापान परराष्ट्रमन्त्री स्तरीय बैठक सम्पन भएको छ । बैठक आइतबार परराष्ट्र मन्त्रालयमा भएको थियो । 

बैठकमा नेपालको नेतृत्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानको नेतृत्व जापानकी विदेशमन्त्री योको कामिकावाले गरेकी थिइन् । जापानकी विदेशमन्त्री कामिकावा आइतबार बिहान काठमाडौं आइपुगेकी हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“बैठकमा नेपाल–जापान सम्बन्धका सबै आयामहरूमा छलफल भयो,” परराष्ट्र मन्त्रालयका प्रवक्त अमृत राईले बैठकबारे जानकारी दिए । 

बैठकमा नेपाललाई जापानले दिँदै आएको सहायता तथा सहयोग वृद्धि गर्न अनुरोध गरेको थियो । जवाफमा जापान विदेशमन्त्रीले जापानले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगलाई निरन्तरता दिने बताएको थियो । बैठकमा दुवै देशका मन्त्रीले नेपाल–जापान सम्बन्धलाई थप मजबुत बनाउन र विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । 

Global Ime bank

क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा सहकार्य गर्दै अघि बढ्नेमा बैठकमा दुवै पक्षले सहमति जनाएका थिए । जापानकी विदेशमन्त्री योकोको आइतबार राति स्वदेश फर्कने कार्यक्रम रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement