site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बाइनान्सका संस्थापक झाओलाई चार महिना जेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सका संस्थापक चाङपेङ झाओलाई चार महिना जेल सजाय सुनाइएको छ । मनि ल्याउन्डरिङविरुद्धको अमेरिकी कानुन उल्लंघन गरेको आरोपमा मंगलबार बाइनान्सका पूर्व प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनलाई चार महिनाको जेल सजाय सुनाइएको हो ।

कुनै बेला सबैभन्दा शक्तिशाली क्रिप्टो उद्योगी मानिने झाआ सीजेडको नामले पनि चिनिन्छन् । क्रिप्टो क्षेत्रमा जेल सजाय हुने उनी दोस्रो प्रमुख मालिक हुन् ।अमेरिकी जिल्ला न्यायाधीश रिचर्ड जोन्सले सिएटलमा उनलाई यो सजाय सुनाएका हुन् । यसअघि झाओमाथि कम्तिमा दुई वर्षसम्म सजाय हुने आंकलन गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

गत मार्चमा ८ अर्ब अमेरिकी डलर चोरेको आरोपमा एफटीएक्स क्रिप्टो एक्सचेञ्जका मालिक साम बैंकम्यान–फ्राइडलाई २५ वर्षको जेल सजाय सुनाइएको थियो । ४७ वर्षीय झाओ हाल अमेरिका बाहिर युनाइटेड अरब एमिरेट्समा बस्दै आएका छन् ।

अवैध आर्थिक गतिविधि गरेको आरोप लागेर अनुसन्धान सुरू भएपछि गत नोभेम्बरमा उनले बाइनान्सको सीईओ पदबाट राजीनामा दिएका थिए । राेयटर्स
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement