site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जापानकी विदेशमन्त्री कामिकावा वैशाख २३ गते नेपाल आउने

काठमाडौं । जापानकी विदेशमन्त्री योको कामिकावा नेपाल आउने भएकी छन् । उनी एक दिनका लागि वैशाख २३ नेपाल भ्रमणमा आउने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए । 

उनको नेपाल भ्रमणका क्रममा नेपाल–जापान प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक हुनेछ । बैठकमा नेपालको नेतृत्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले र जापानको नेतृत्व कामिकावाले गर्नेछिन् । 

Dabur Nepal
NIC Asia

द्विपक्षीय बैठकमा नेपाल–जापान सम्बन्धका सबै आयामहरूमा छलफल र समीक्षा गरिनेछ । बैठक जापानी लगानी र सहयोग विस्तार गर्ने विषयमा केन्द्रित हुने जनाइएको छ । 

नेपाल भ्रमणका बेला जापानी विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । 

जापानकी विदेशमन्त्री कामिकावा ६ देशको भ्रमणका लागि वैशाख १४ गते जापानबाट निस्किसकेकी छन् । उनी मादागास्कर, आइभेरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका हुँदै नेपाल आउन लागेकी हुन् । नेपाल आएकै दिन उनको स्वदेश फर्कने कार्यक्रम छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro