प्रविधि

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालय यस वर्ष सूचना–प्रविधि क्षेत्रको आर्थिक वृद्धिदर करिब ५ प्रतिशत रहने अनुमान गरेको छ ।
मंगलबार तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा सूचना तथा सञ्चार क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.९१ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको हो ।
कम्प्युटर प्रोग्रामिङ तथा इन्फर्मेसन सर्भिससम्बन्धी क्रियकलापमा भएको वृद्धि र इन्टरनेट सेवा प्रदायकको कारोबार तथा ताररहित सञ्चार सेवामा वृद्धि भएको बताउँदै कार्यालयले यस्तो प्रक्षेपण गरेको हो ।
गत आर्थिक वर्ष २०८९/०८० मा यस क्षेत्रको वृद्धिदर ४.१५ प्रतिशत र आर्थिक वर्ष २०७८/०७९ मा यस क्षेत्रको वृद्धिदर ४.१९ प्रतिशत रहेको तथ्यांक कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१ १७:२२
प्रतिक्रिया दिनुहोस्