site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रश्नपत्र आउट गरेको आरोपमा पोखराबाट दुई शिक्षक पक्राउ
Sarbottam CementSarbottam Cement

पोखरा । कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिक्षकहरू ३९ वर्षीय नारायण बास्तोला ३७ वर्षीय रामचन्द्र बास्तोला रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी पसन्तकुमार शर्माका अनुसार पोखराको फूलबारीस्थित शिवशक्ति माविमा परीक्षा सञ्चालन भइरहेका बेला उनीहरूले विद्युतीय माध्यमबाट प्रश्नपत्र आउट गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरूलाई कक्षा १२ को आठवटा थप उत्तरपुस्तिका र तीनवटा मोबाइल फोनसहित पक्राउ गरिएको उनले बताए ।

दुवै जना सोही विद्यालयको शिक्षक रहेको प्रहरीले जनाएको छ ।

Global Ime bank

पक्राउ परेकाहरूमाथि शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार सामाजिक विषयको परीक्षा भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय