site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पहिचान पक्षधरको निर्णायक मत नआएको माङ्सेवुङ गाउँपालिका 
Sarbottam CementSarbottam Cement

इलाम । किरात धर्मगुरु आत्मनन्द लिङदेन र गुरूआमा पवित्रहाङमाको प्रभावभूमि माङ्सेवुङ गाउँपालिकामा पहिचान पक्षधर उमेदवार डकेन्द्रसिंह थेगिमले थोरै मतान्तरले अग्रता बनाए । धर्म गुरू र गुरूआमाको मतदान केन्द्र वडा नम्बर ५ बाट ८८ प्रतिशत मत खस्दा अन्य वडाबाट उनलाई प्रचण्ड मत आएन ।
 
गाउँपालिकामा १२ हजार ५३६ मतदाता रहेका छन् । निर्वाचन आयोगका अनुसार यहाँ ७ हजार २०५ मत खसेको थियो । यसमध्ये मुडा चुनाव चिह्नमा थेगिमले २ हजार ६३९ मत पाए ।
 
कोसी प्रदेश नामाकरण भएपछि पहिचानको आन्दोलनको आधारस्तम्भ यही गाउँपालिकालाई मानिन्छ । किरात धर्मगुरुको प्रभाव रहेको यो क्षेत्रमा झिनो मतान्तरले पहिचान पक्षधर उमेदवार पहिलो स्थानमा रहे पनि एमाले बलियो बन्दै गएको छ ।

वडा नम्बर १ मा कांग्रेस अघि रह्यो । यहाँ थेगिमले ३७२ मतमात्र प्राप्त गरे । कांग्रेसले ४३६ र एमालेले ४११ मत प्राप्त गर्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

वडा नम्बर २ मा थेगिम तेस्रो स्थानमा रहे । उनले ३१७ मत प्राप्त गरे । यहाँ पहिलो दल एमाले उमेदवार सुहाङ नेम्वाङले ५८६ मत प्राप्त गरे । कांग्रेसका उमेदवार डम्बर खड्काले ३५१ मत पाए । 

गाउँपालिकामा ६ वडा रहेको छ । वडा नम्बर ३ मा सुहाङले ५१९, खड्काले ३१३ तथा थेगिमले ६४० मत पाए । वडा नम्बर ४ मा एमालेले ४१६ र कांग्रेसले ११८ मत प्राप्त गर्दा मुडा चुनाव चिह्नमा १६२ मत खसेको छ । 

Global Ime bank

वडा नम्बर ५ मा भने पहिचान पक्षधर उमेदवारका पक्षमा १ हजार ३२ मत खसेको छ । यहाँ एमालेले ६९ र कांग्रेसले ४९ मत पाए । 

वडा नम्बर ६ मा अवस्था उल्टियो । थेगिमले ११६ मत प्राप्त गर्दा सुहाङले ५९० तथा खड्काले २१३ मत प्राप्त गरे । 

माङ्सेवुङमा रास्वपा उमेदवार मिलन लिम्बूले २४३ मत प्राप्त गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय