site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समुद्रमा चामलले भरिएको बोतल भेट्दा पाइने खुसी, तर पठाउँछ कसले ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

दक्षिण कोरियाको सेओकमोडो दीपमा घाम त चर्कै लागिरहेका थियो, तर हावा चिसो थियो । पार्क जंग ओ किनारामा बसिरहेका थिए । उत्सुकताका साथ चामलले भरिएको प्लास्टिकको बोतललाई पानीमा फालिरहेका थिए । ती बोतललाई समुद्रमा बगाएर उत्तर कोरिया पुर्‍याउनु थियो ।

जंग ओ पछिल्लो एक दशकदेखि यसरी बोतल पानीमा फ्याक्दै आइरहेका छन् । तथापि, सन् २०२० मा दक्षिण कोरियामा यसमाथि प्रतिबन्ध लगाइयो । प्रतिबन्धका कारण जंग ओले पनि खुलारूपमा प्लास्टिकका बोतल पठाउन सकेनन् ।

५६ वर्षका जंग ओ भन्छन्, "हामी बोतल यस कारणले पठाइरहेका थियौँ कि त्यस देशका मानिस भोकले मरिरहेका छन् । के यसरी पठाउनु गलत हो ?"

KFC Island Ad
Dabur Nepal
NIC Asia

गत वर्षको सेप्टेम्बरमा दक्षिण कोरियाको संवैधानिक अदालतले यो प्रतिबन्ध हटाइदियो । नयाँ फैसला आएपछि जंग ओ केही महिनासम्म सचेत रहे, किनकि उनी अरूको ध्यान आकर्षित गर्न चाहिरहेका थिएनन् । उनले केही महिनासम्म प्रतीक्षा गरे । उनले ९ अप्रिलको दिन छाने, ताकि सो दिनको उज्यालोमा फेरि चामलले भरिएको बोतल दक्षिण कोरियातर्फ पठाउन सकियोस् । यस्तो अनुमान लगाइएको थियो कि त्यसदिन समुद्रको उतारचढाव तेज हुनेछ र बोतल तीव्र गतिमा उत्तर कोरियातर्फ जानेछ । जंग ओ भन्छन्, "यो मेरो सक्रिय हुने नयाँ सुरुवातको प्रतीक हो ।"

२६ वर्षअघि आएको थियो उनको परिवार

Royal Enfield Island Ad

जंग ओको परिवार २६ वर्ष पहिले उत्तर कोरिया छोडेर दक्षिण कोरिया आएको थियो । उनका पिता उत्तर कोरियाका एक जासुस थिए । तथापि, उनले दक्षिण कोरिया आउने निर्णय लिए । त्यसपछि उनको पूरै परिवार देश छोड्न बाध्य भएको थियो । उनको भनाइअनुसार उताको सरकारले उनीहरूको पिछा गर्नेमात्र होइन, बदनाम गर्न अभियान नै चलायो ।

जंग ओका अनुसार जब उनी उत्तर कोरियामा थिए, त्यतिबेला भोकका कारण मरेका मान्छेको शव सडकमा देख्थे । जंग ओ त्यतिबेला दंग परे, जतिबेला अक्सर चीन यात्रा गरेर आउने एक मिसनरीले उनलाई भोकमरीबारे बताएका थिए । बन्दुक बोकेका व्यक्ति कुनै हिसाबले ह्वांगहेमा जाँदा फसलको मौसममा अन्न आफ्नो साथमा लिएर जाने गरेका थिए । किनकि, त्यहाँका किसान भोकले मर्न बाध्य हुने गरेका थिए । उनले त्यसभन्दा अघि सुनेका थिएनन्– चामल उत्पादन हुने क्षेत्रमा पनि मानिस भोकले मर्छन् ।

एक दशकदेखि जारी काम

जंग ओ करिब एक दशकदेखि चामलले भरिएका प्लास्टिकका बोतल उत्तर कोरियातर्फ पठाइरहेका छन् । २०१५ मा उनले आफ्नी पत्नीका साथ एक गैरसरकारी संस्था क्युन सैमको स्थापना गरेका थिए । जसको उद्देश्य उत्तर कोरियाको हंवागहे प्रान्तमा प्लास्टिकका बोतल आपूर्ति गर्नु थियो ।

उनले कोरिया इन्स्टिच्युट अफ ओसन साइन्स एन्ड टेक्नोलोजी र स्थानीय नाविक (डुंगा चलाउने व्यक्ति) का साथ समुद्रको हाई टाइडलाई लिएर सल्लाह गरे । किनकि, जुन दिन पानीको बहाब तेज हुन्छ, प्लास्टिकको बोतललाई उत्तर कोरियासम्म पुग्न केवल चार घण्टा लाग्छ ।

दुई लिटरको प्लास्टिकको बोतलमा एक किलो चामलका अतिरिक्त यूएसबी पनि हुन्छ । यूएसबीमा ‘क्र्यास ल्यान्डिङ अन यू’जस्ता कोरियन ड्रामा भिडियो र कोरियन पप गीत पनि हुन्छन् । जसले उत्तर र दक्षिण कोरियाको तुलना गर्छन् । साथै यसमा बाइबलको एक डिजिटल कपी पनि हुन्छ ।

कम्प्युटर र मोबाइल फोन निकै सामान्य कुरा हुन् । जंग ओको यो भरोसा छ कि यस्ता सामग्री देख्न उत्तर कोरियाका मानिसलाई सजिलो होस् भन्ने उनी चाहन्छन् ।

उनी भन्छन्, "धेरै मानिसले सोच्छन् कि उत्तर कोरियामा बिजुलीको आपूर्ति छैन । तर, मैले सुने अनुसार चीनको सहयोगबाट धेरै सोलार प्लान्ट कोरियामा लगाइएको छ । यसको प्रयोग ब्याट्री चार्ज गर्नका लागि प्रयोग गरिन्छ । खासगरी गर्मीमा यसको प्रयोग बढ्ने गरेको छ ।"

कतिपय समयमा ती बोतलमा उनले एक अमेरिकी डलर पनि हालेर पठाउने गर्छन् । यसको मतलब त्यो पाउने मानिसले डलरको बदलामा उत्तर कोरियाको पैसा साँट्न सकोस् । उनका अनुसार १ डलर बराबर उत्तर कोरियाको वानको मूल्य १६० हुन्छ ।

तर, कालोबजारमा यसको मूल्य ५० गुणा भन्दा बढी हुन सक्छ । महामारीको समयमा उनी र उनकी पत्नीले दुखाइ कम गर्ने औषधि र मास्क पनि ती बोतलमा भरेर पठाएका थिए । त्यतिबेला यो उत्तर कोरियाली मानिसलाई निकै जरुरी थियो, किनकि देश बाँकी दुनियाबाट अलग थियो । तथापि, जंग ओ र उनकी पत्नीले बोतललाई गोप्य ढंगले पठाइरहेका थिए । किनकि २०२० डिसेम्बरबाट बोतल पठाउन प्रतिबन्ध लगाइएको थियो ।

बहिनी किमको चेतावनी

त्यसभन्दा एक महिना पहिला उत्तर कोरियाका शासक किम जोंग उनकी शक्तिशाली बहिनी किम यो जंगले अभियन्ताहरूलाई चेतावनी दिँदै उत्तर कोरियाको विरोध गर्ने खालका पर्चा नपठाउन चेतावनी दिएकी थिइन् । उनले यसरी पठाउनु दुई देशबीच भएको सम्झौताको उल्लंघन भएको जनाएकी थिइन् ।

यसको केही दिनपछि नै दुवै देशबीच रहेको डिमिलिटराइज्ड जोन नजिकैको केसोंग प्रान्तमा रहेको दक्षिण कोरियासँग रहेको संयुक्त कार्यालयलाई उत्तर कोरियाले बन्द गरिदियो । यस्तैमा दक्षिण कोरियामा प्रतिबन्धलाई लिएर लगाइएको कानुन विवादास्पद भयो । यसको आलोचना गर्नेले किम यो जंगको ‘फरमान’ बताएका थिए । तत्कालीन दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनमाथि उत्तर कोरियालाई खुसी पार्न यस्तो निर्णय लिएको आरोप लागेको थियो ।

सरकारले आफ्नो निर्णयको बचावटका लागि सीमाको आसपास सुरक्षाको कुरा गरिरहेको थियो । यस्तो सीमा सुरक्षा उत्तर र दक्षिण कोरियाको बीचको सम्बन्धलाई लिएर भइरहेको सरकारको भनाइ थियो ।

जंग ओ त्यो कुरा याद गर्दै भन्छन्, "हामीलाई अपराधीजस्तो व्यवहार गरियो । मलाई करिब ३ वर्ष प्रहरीको स्टेसनमा चक्कर लगाउनुपर्‍यो । म थाकेको थिएँ र पीडित महसुस गरिरहेको थिएँ ।"

प्रतिबन्ध हटाइएपछि पनि जंग ओका लागि अब प्लास्टिकको बोतल पठाउने कार्य मुस्किल भएको छ । यसका लागि पहिला चर्च र मानव अधिकारवादी संगठनले दान दिने गरेका थिए । तर, त्यो पनि अहिले लगभग बन्द भएको छ । उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया आएका केही व्यक्ति पनि आफ्नो मातृभूमिका लागि बोतल पठाउन चाहन्छन् । यस्तोमा उनीहरूले हरेकपटक दुई लाख वन (१४७ अमेरिकी डलर) जुटाउनुपर्छ ।

सम्बन्धमा तनाव

सन् २०२० मा यो कानुन आएपछि स्थानीय मानिसका साथ उनको सम्बन्धमा नराम्रो अवस्था आयो । किनकि केही मानिस यस्तो ठान्छन्, जंग ओ जे गर्छन् त्यसले उनको सुरक्षामा खतरा छ । पहिला धेरैजसोलाई मतलब थिएन, जंग ओ के गरिरहेका छन् भन्ने कुरामा ।

एकपटक सो गाउँका मुखियाले बोतल कहाँबाट फ्याक्ने भनेर उपयुक्त स्थानसम्म देखाएका थिए । तर, अहिले उनलाई दर्जनौँ प्रहरी र सैनिक भएको ठाउँबाट बोतल फ्याँक्नुपर्छ । त्यहाँ रहेका अधिकारी मध्यस्थको रूपमा काम गर्न तयार थिए । तर उनीहरू यो पनि सोधिरहेका थिए कि बोतलमा कुनै संवेदनशील र गोप्य कुरा त छैन ?

तर, जंग ओले यो सबै कठिनाइका बाबजुद कहिल्यै पनि हार मान्ने बारेमा सोचेनन् । उनले भने, "एकपटक मैले सुनेको थिएँ, एक उत्तर कोरियालीलाई बोतलमा चामल मिलेको बारेमा शंका उत्पन्न भएपछि उसले चामललाई उमालेर कुकुरलाई खान दिएको थियो । कुकुर चामल खाएर पनि ठिक थियो । फेरि त्यो व्यक्तिले चामलको गुणस्तरको बारेमा सोच्यो र उसले बढी मूल्य लिएर बेचिदियो ।जुन पैसा मिल्यो त्यसपछि उसले मकै जस्तो सस्तो अनाज किन्यो ।"

सन् २०२३ मा एक परिवारका ९ जना उत्तर कोरिया छोडेर दक्षिण कोरिया आएका थिए । उनीहरूले बताएअनुसार थुप्रै बोतल उनीहरूले फेला पारेका थिए । र, उनीहरूले अन्य एक व्यक्तिका माध्यमबाट जंग ओलाई धन्यवाद पनि दिएका थिए । चार वर्षअघि उत्तर कोरियाबाट दक्षिण कोरिया आएकी एक महिलाले जंग ओलाई धन्यवाद भन्दै बोतल पठाएर आफ्नो ज्यान जोगाएको भनेर प्रशंसा गरेकी थिइन् । यद्यपि, उनले कतिपय समयमा व्यक्तिगत कुराकानी गरेका छैनन् ।

उनी भन्छन्, "उत्तर कोरियाका मानिस बाहिरी संसारबाट अलग छन् । उनीहरू डरका कारण सरकारको आदेशमा कुनै असहमति प्रकट गर्न सक्दैनन् र मान्छन् । उनीहरूका लागि कमसेकम मैले त यति गर्न सकेको छु ।"

बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro