site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विदेशनीतिबारे मोदी भन्छन्– आफ्नै राष्ट्रिय स्वार्थमा उभिन नसक्नेलाई कसैले पनि सम्मान गर्दैन  
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै राष्ट्रिय स्वार्थमा उभिन नसक्नेलाई कसैले पनि सम्मान नगर्ने बताएका छन् । 

भारतमा लोकसभा निर्वाचन जारी रहेको समयमा टाइम्स अफ इन्डियामा आज प्रकाशित एक लामो अन्तर्वार्ताका क्रममा विदेशनीतिका सम्बन्धमा सोधिएको एक प्रश्नको जवाफ दिने क्रममा मोदीले सो कुरा बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनलाई प्रश्नमा आक्रामक र महत्वकांक्षी विदेशनीतिका कारण भारतको विश्वव्यापी उचाइ बढाएको ‘क्रेडिट’ मोदीले पाएको चर्चा गर्दै आफ्नो अनुभव सुनाउन आग्रह गरिएकोमा उनले भनेका छन्,“हाम्रो विदेश नीतिको प्राथमिकता ‘नेशन फस्ट’ भन्ने थियो । जब हामीले नेशन फस्ट भन्ने मान्यतालाई अँगाल्यौँ, यसले  विश्वलाई  चुनौती दिएको छैन । विश्वले महसुस गर्छ कि भारतको उदयले विश्वलाई पनि राम्रै गर्छ । विश्वले त्यस्तालाई सम्मान गर्छ जो आफ्नै लागि उभिन्छ । आफ्नै राष्ट्रिय स्वार्थमा उभिन नसक्नेलाई कसैले पनि सम्मान गर्दैन ।”

त्यसैले हामीले जब हाम्रो राष्ट्रिय स्वार्थलाई लिएर विदेश नीति कार्यान्वयन गर्यौं सुरुमा यो धेरैका लागि आश्चर्य जस्तो भए पनि पछि भारतलाई उनीहरुले सम्मान गरेको मोदीले जनाएका छन् । उनले सुरुमा व्यापारको डिलमा जाँदा आफ्नो स्वार्थलाई राख्दा  साझेदार र मिडियाले पनि आश्चर्यका रुपमा लिएकोमा पछि  सामान्य रुपमा लिइएको  बताएका छन्  ।

Global Ime bank

यसले गर्दा भारतप्रति उनीहरुको सम्मान बढेको मोदीले उल्लेख गरेका छन् । 

“उनीहरु नयाँ वास्तविकता जान्ने अवस्थामा पुगे कि भारत आफ्ना जनताका लागि के उपयुक्त छ र छैन भन्ने हिसाबले चल्छ,” मोदीको भनाई थियो  । 

उनले अहिले भारत विश्वव्यापी द्वन्द्वका बावजुद आफना जनतालाई इन्धन र ऊर्जा उपयुक्त मूल्यमा जनतालाई दिन सफल भएको र विश्वले नै सम्मान गरिरहेको जनाएका छन् ।

“जब आफूले विश्वका नेतालाई भेट्छु उनीहरुको भारतप्रतिको आकर्षण र चासो बढेको पाउँछु, उनीहरुले आफ्नो देशको अवस्थासँग भारतको तुलना गर्दै कसरी भारत आशा र अवसरमा बदलिएको छ भन्छन्,” मोदीले भनेका छन्, “मैले उनीहरूबाट साच्चैको सम्मान भारत र भारतीयप्रति गरेको पाएको छु । हो, अहिलेको विश्व द्वन्द्व र सन्नाटामा रहेको छ । तर, त्यहाँ भारतजस्तो शान्तिको दीप र वृद्धि भएको स्थान पनि छ । भारतको भूमिका पहिलाको तुलनामा संसारकै लागि महत्वपूर्ण भएको छ ।” टाइम्स अफ इन्डियाबाट 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय