site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा सौदाबाजी गर्न मिल्दैन : कानुनमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा सौदाबाजी गर्न नमिल्ने बताएका छन् । आउँदो जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत गर्ने मिति तय भएलगत्तै उनले आइतबार सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

नीति, कार्यक्रम प्रस्तुत गर्ने विषयमा अप्ठ्यारो सिर्जना गरेर कांग्रेस गैरजिम्मेवार ढंगले प्रस्तुत हुन्छ भन्ने आफूलाई नलागेको उनले बताए । प्रमुख प्रतिपक्षसहितका सबै राजनीतिक दलहरूलाई सहमतिमा ल्याएर अघि बढ्न सरकारले जिम्मेवारीका साथ पहल गरिरहेको उनले उल्लेख गरे ।

मन्त्री गिरीले सरकारले सबै दलहरूलाई साथमा लिएर अघि बढ्न संवादलाई औपचारिक, अनौपचारिक रूपमा अघि बढाइरहेको पनि बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro