site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वेस्ट इन्डिज ‘ए’ विरुद्ध सागरले लिए एकै ओभरमा दुई विकेट
Sarbottam CementSarbottam Cement

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० खेलमा नेपालका सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका छन् ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजका एलिक एथानाजे र जोन्सन चाल्र्सलाई आउट गरेका हुन् । तेस्रो ओभर बलिङका लागि आएका सागरले २.२ ओभरमा एथानाजे कुशल मल्लबाट क्याच गराउँदा २.५ ओभरमा चाल्र्सलाई बोल्ड गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

जारी खेलको चार ओभर समाप्त हुँदा वेस्ट इन्डिज ‘ए’ ले दुई विकेट गुमाएर २१ रन बनाएको छ ।

नेपालले यसअघि रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो । आजको खेलमा रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ ।

Global Ime bank

नेपाली टिममा आज लोकेश बम, सोमपाल कामी, आरिफ सेख, सागर ढकाल  आकाश चन्दले प्लेइङ–११ मा मौका पाएका छन् । उनीहरु विवेक यादव, कमलसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी र अभिनाश बोहराको स्थानमा मौका पाएका हुन् ।

पहिलोपटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिजले घरेलु टिमसँग पाँच खेलको ट्वान्टी २० शृंखला खेल्ने तालिका छ । ट्वान्टी–२० विश्वकपको तयारीका लागि आयोजित यो शृंखलाका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । आजको खेलपछि शृंखलाको तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ तथा अन्तिम खेल शनिबार हुने तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय