site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मतीको जितमा दीपेशको दुई गोल

काठमाडौं । दीपेश राईको दुई गोलप्रेरित सर्लाहीको वाग्मती युवा क्लबले बाजुराको रानीवन स्पोर्ट्स एकेडेमीविरुद्ध ३–१ को जित निकालेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न सहिद स्मारक ‘सी’ डिभिजन लिगमा वाग्मतीलाई जित दिलाउन दीपेश राईले दुई गोल गरे । यस्तै, अर्को एक गोल शृंजनराज गौतमले गरे । रानीवनका विष्णु चौधरीले एक गोल फर्काए ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ४८औँ मिनेटमा दीपेशको गोलमा वाग्मतीले अग्रता बनाएको थियो । ८०औँ मिनेटमा दीपेशले नै वाग्मतीको अग्रता दोब्बर बनाए । त्यसको दुई मिनेटपछि विष्णुले गोल गर्दै रानीवनलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, इन्जुरी समयमा शृंजनले गोल गरेपछि वाग्मतीले ३–१ को जित सुनिश्चित गरेको हो ।

जितसँगै सात खेलबाट १६ अंक जोडेको वाग्मती तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट १६ अंक नै जोडेको भए पनि आरसी–३२ गोलआधारमा वाग्मतीभन्दा पछि छ ।

वाग्मतीसँगको हारबाट रानीवनले भने रेलिगेशन क्षेत्रको गोलबजारसँग अंक दूरी बढाउने अवसर गुमाएको छ । सात खेलबाट ६ अंक जोडेको रानीवन तालिकाको १२औँ स्थानमा छ । जुन रेलिगेशन क्षेत्रमा रहेको गोलबजारको भन्दा एक अंकमात्र धेरै हो ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro