site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
इलाम नगरपालिकामा महिला मतदान अधिकृतले गराइरहेको उपनिर्वाचन
Sarbottam CementSarbottam Cement

इलाम । इलाम नगरपालिकामा विगतका निर्वाचनजस्तै यसपटकको उपनिर्वाचनमा पनि तीन महिला मतदान अधिकृतले उपनिर्वाचन गराइरहेका छन् । इलाम नगरपालिकाभित्र रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पस, गुरुकुल संस्कृत विद्याश्रम मध्यमिक विद्यालय, इलाम विद्यामन्दिरमा रहेको निर्वाचन क्षेत्रको मतादन अधिकृत महिला छन् । 

इलाम नगरपालिका ५ तोरीबारीको सप्तमाई गुरुकुल संस्कृत विद्याश्रम मध्यमिक विद्यालयमा विहान ७ बजेदेखि नै मतदान सुरु भयो । त्यहाँ महिला मतदान अधिकृत र पाँच महिला कर्मचारीले मतदान गराउने जिम्मा पाएका छन् ।

यहाँको मतदान अधिकृत हुन् तारा श्रेष्ठ । उनले यसअघि सहायक मतदान अधिकृतको जिम्मेवारी पूरा गरेको अनुभव बाह्रखरीसँग सुनाइन् । “बिहानदेखि नै नै शान्तिपूर्णरूपमा  मतदान भइरहेको छ । सुरक्षाकर्मी र स्थानीयले तयारीदेखि नै महत्वपूर्ण सहयोग गर्नुभएको छ,” उनले भनिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

इलाम निर्वाचन क्षेत्र न २ मा भइरहेको उपनिर्वाचनमा १४९ मतदान अधिकृत छन् । त्यसमध्ये तीनजना महिला मतदान अधिकृतलाई महिला कर्मचारीको मात्रै संलग्नतामा मतदान सम्पन्न गर्न जिम्मेवारी दिइएको छ । 

इलाम नगरपालिका ७ को मरब क्याम्पसको ‘क’ मतदान केन्द्रमा मतदान अधिकृत मीना आचार्यसहित पाँचजना महिला कर्मचारी खटिरहेका छन् । उनले मध्य दिउँसोसम्म शान्तिपूर्णरूपमा मतदान भइरहेको बताइन्  । यता, इलाम विद्या मन्दिरमा हिमज्योती घिमिरेसहित पाँच महिला कर्मचारी खटिरहेका छन् । 

Global Ime bank

2-1714200545.jpg
मतदानस्थलको संवेदनशिलतालाई वर्गीकरण गरेर कम्तीमा ८ जनादेखि अधिकतम १२ जना एउटा स्थलमा र प्रत्येक मतदान केन्द्र थप हुँदा थप ५ जनाका दरले थप नेपाल प्रहरी खटाइएको छ । 

जसअन्तर्गत १ हजार ३६३ जना नेपाल प्रहरी कार्यालयको सुरक्षामा १६० नेपाल प्रहरीसहित समान्यमा ८ संवेदनशिलमा ९ र अतिशंवेदनशिलमा १२ जना प्रहरी  परिचालन गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । 

उनले सशस्त्र प्रहरी बलबाट ७१० जना नेपाल सरकारले निर्णय गरेर नेपाली सेना समेत परिचालन गरेको बताए ।  ४८० जना नेपाली सेना र राष्ट्रिय अनुसन्धानबाट २४ जना खटिएका छन् । 

बिहान ७ बजेबाट सुरु भएको मतदान जारी छ । मत खसाल्न आएका मतदाता पहिलाको जस्तो मतदानस्थलमा बाक्लो उपस्थिति नरहेको बताउँछन् । 

सदरमुकाम इलामबजार वरपरका मतदान केन्द्रहरूमा भीडभाड कम भएकाले मतदाताले पाँच मिनेटमै मतदान गरेर बाहिरिएको प्रतिक्रिया दिएका छन् । इलाम नगरपालिका वडा नं ५ को कार्यालयमा रहेको मतदान केन्द्रमा मत हालेर निस्केका भोजबहादुर घिमिरे पहिलाको तुलनामा अहिले मतदाता धेरै कम रहेको बताउँछन् । “अहिले मतदाता धेरै कम पाइयो । एकैछिनमा भोट हालिर निस्किएँ,” उनले भने । अर्का मतदाता मित्रलाल काफ्लेले पनि सजिलैसँग मत हाल्न पाएको बताए । एक ठाउँमा मात्र भोट हाल्नुपर्ने भएकाले पनि मतदान कार्य सहज भएको हो । 

mhila-1714199740.jpg
हृदयघातका कारण २०८० भदौ २६ गते संविधानसभा अध्यक्ष समेत रहेका यहाँका संघीय सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि आज यहाँ मतदान भएको हो । 
 
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ बाट प्रतिनिधिसभा सदस्यका लागि १९ जना उमेदवार चुनावी मैदानमा छन् । यहाँ १ लाख १५ हजार ८८९ मतदाता रहेकोमा मा ७० हजारको मतदान हुने अपेक्षा गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !