site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको रणनीतिक बैठक बस्दै 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि निजी निवास बूढानिलकण्ठमा बैठक बोलाएको पार्टी सहमहामन्त्री जीवन परियारले जानकारी दिए । 

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बुझिएको छ । कांग्रेसले बिहीबारका लागि संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठका लागि रणनीति तथा एजेन्डा तय गर्न बैठक बोलाइएको हो । 

कांग्रेसले गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने सहकारीको बचत अपचलनमा दोषी रहेको भन्दै संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ । उसले सोही मागलाई स्थापित गर्न निरन्तर सदनमा आवाज उठाउँदै आएको छ । 

यतिसम्म कि समिति नबने संसद्को आगामी अधिवेशन चल्न नदिने चेतावनी दिँदै आएको छ । संसद्को बजेट अधिवेशन यही वैशाख २८ गते शुक्रबारका लागि बोलाइएको छ । बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने र आफ्नो मागलाई कसरी स्थापित गर्ने भनेर छलफल हुने बुझिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ११:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro