site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने सुनियोजित प्रचार गरियो’ 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गर्न लागेकोे हल्ला फैलाइएको बताएका छन् । 

बुधबार विज्ञप्ति जारी गर्दै जसपापछि ६ जना सांसद लिएर आफूले पार्टी विभाजन गर्न लागेको सुनियोजित प्रचार गरिएको बताएका हुन् । “केही दिनअघि मात्र तत्कालीन ‘जनता समाजवादी पार्टी नेपाल”समेत विभाजित भएको छ । यही सिलसिलामा केही दिनदेखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदै छ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीब्र रुपले फैलाइएको छ,” विज्ञप्तिमा भनिएको छ, “केही अवाञ्छित, स्वार्थी र कम्युनिस्ट विरोधी तत्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । त्यसले पार्टीव्यापी रुपमा एउटा भ्रमको कुहिरो फैलाइदियो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले पार्टी अधिवेशनको सम्मुखमा फैलाइएको प्रचारप्रति होसियार भई एकताबद्ध हुन आह्वान समेत गरेका छन् । “पार्टीका सम्पूर्ण नेता कार्यकर्ता, समर्थक र शुभेच्छुक कमरेडहरू तथा साथीहरू ! प्रतिकृयावादीहरू, औसरवादीहरू र पार्टी विरोधी क्षुद्र तत्वहरूका यस प्रकारका अनर्गल प्रचारबाट होसियार बनौँ, वर्तमान नयाँ समीकरणमा हाम्रो समर्थन र सहभागितालाई जारी राखौँ, पार्टी महाअधिवेशनको तयारीमा हरेक प्रकारले एकताबद्ध भएर जुटौँ,” खनालको आह्वान छ ।

jhalanath-1715147856.png
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement