site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कतारसँग किन नयाँ श्रम सम्झौता हुन सकेन ? राजदूत भन्छन्– मलाई पूरा कार्यकाल काम गर्न देऊ
Sarbottam CementSarbottam Cement

काठमाडौं । कतारका लागि नेपालका राजदूत डा. नरेशविक्रम ढकालले कतारसँगको श्रम सम्झौताको पुनरवलोकन गर्ने काम बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन नसकेको बताएका छन् । उनले नेपाल र कतारबीचको श्रम सम्झौतामा घरेलु कामदारको विषय प्रवेश भएकाले भ्रमणको क्रममा नयाँ श्रम सम्झौता हुन नसकेको बताए ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राजदूत ढकालले नेपाल सरकार र कतार सरकारबीच श्रम सम्झौता परिमार्जन गर्ने सहमति रहेको बताए । कतारले घरेलु श्रमिक लैजानेबारे चासो राखेकाले पनि परिमार्जन हुने श्रम सम्झौतालाई एकीकृतरूपमा अगाडि बढाउन आवश्यक भएकाले अहिले श्रम सम्झौता हुन नसकेको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

राजदूत ढकालले श्रम सम्झौता नेपाली कामदारको पक्षमा हुने गरी बनाउनुपर्ने भएकाले पनि तत्काल सम्झौता नभएको दाबी गरे । उनले नेपाल र कतारबीच भएको श्रम सम्झौता पुरानो भएको र अहिलेको मूल्यवृद्धिसँग मेल नखाने भएकाले परिमार्जन गर्नुपर्ने माग उठिरहेको बताए ।

उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरलाइन्सको सेवा विस्तारका लागि पनि पहल गरिने बताए ।

Global Ime bank

राजदूत ढकालले कतारका अमिरको नेपाल भ्रमणले कतार–नेपालबीच लगानी र सहयोगका ढोकाहरू खुलेको दाबी गरे । उनले कतारको राजदूतमा आफूलाई पूरा कार्यकाल काम गर्न दिने हो भने बाँकी रहेका काम पूरा गर्न सहज हुने पनि बताए ।

मुलुकमा सरकार परिवर्तन भए पनि राजदूतसम्बन्धी स्पष्ट नीति बनाएर पूर्णकालीनरूपमा काम गर्न दिँदामात्रै अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि राम्रो हुने उनको भनाइ छ । उनले राजदूतहरूको कार्यसम्पादनको आधारमा सच्याउन सुझाव दिने र मुलुकको अहितमा काम गरे फिर्ता बोलाउने नीति बनाउन आवश्यक रहेको उल्लेख गरे ।

उनले सरकारले कतारसँग गरेका सम्झौताहरू कार्यान्वयनका लागि पनि अमिरको भ्रमणको करिब एक वर्ष कार्यकाल थप्ने र भ्रमण गरेको देशको राजदूत पनि कम्तीमा एक वर्ष परिवर्तन नहोस् भन्ने चाहने दाबी गरे । उनले यो कुरा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले बुझेकाले आफूलाई तत्काल र्फिता नबोलाउने विश्वास व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !