site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इलामका ७९ र बझाङका ७४ मतदान केन्द्रमा सुरक्षा चुनौती

काठमाडौं । प्रहरीले इलाम–२ र बझाङ (१) मा हुन लागेको उपनिर्वाचनको सुरक्षा तयारी पूरा भएको जनाएको छ । चुनावी सुरक्षाबारे जानकारी दिँदै प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले दुवै जिल्लामा सुरक्षा तयारी पूरा भएको बताए ।

प्रहरीले निर्वाचन बिथोल्ने प्रयास गरे बल प्रयोग गर्ने सम्मको तयारी गरेको छ ।

Dabur Nepal
NIC Asia

डीआईजी ढकालका अनुसार इलामका १९१ मतदान केन्द्रमध्ये ७९ केन्द्र संवेदनशील रहेको विश्लेषण गरिएको छ । त्यसमध्ये १९ मतदान केन्द्र अतिसंवेदनशील रहेको प्रहरीको निष्कर्ष छ ।

त्यस्तै, बझाङका ९३ मतदान केन्द्रमध्ये २३ वटा अतिसंवेदनशील रहेको र बाँकी ७४ मतदान केन्द्र संवेदनशील रहेको प्रहरीको विश्लेषण छ ।

संवेदनशील अवस्था हेरेर दुवै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिने डीआईजी ढकालको भनाइ छ । अतिसंवेदनशील केन्द्रमा १२ देखि १७ जना प्रहरी परिचालन गरिनेछ । प्रहरीबाहेक सशस्त्र प्रहरी बल र नेपाली सेनालेसमेत बाहिरी गस्ती गर्नेछन् ।

इलामको निर्वाच केन्द्रमा एक हजार ७९ जना प्रहरी र बझाङको निर्वाचन केन्द्रमा ८०३ जना प्रहरी परिचालन गरिनेछ । बझाङको निर्वाचनको तुलनामा इलामको निर्वाचनमा जातीय, धार्मिक साम्प्रदायिक तथा क्षेत्रीयकरणका कारण सुरक्षा चुनौती धेरै हुने सक्ने प्रहरीको आकलन छ ।

वैशाख १५ गते इलाम–२ र बझाङ (१) मा उपनिर्वाचन हुँदै छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro