site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
देशभरका ४४० स्थानमा डढेलो, तत्काल वर्षा नभए अवस्था थप जटिल हुने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशका विभिन्न स्थानमा चैतयता डढेलोका घटना उच्च भएका छन् । विज्ञहरूले अहिलेको अवस्थालाई 'जटिल' भनेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा वन डढेलो विज्ञ सुन्दरप्रसाद शर्मा वैशाख दोस्रो साता नेपालमा डढेलो उच्च बिन्दुमा पुगेको बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार बिहीबार देशका ४४० स्थानमा आगलागी तथा डढेलोका घटना भएका छन् । बुधबार  ४४७ स्थानमा  घटना भएको थियो । देशभरका ६० जिल्ला डढेलोबाट बढी प्रभावित भएका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार २०८० वैशाखदेखि चैत अन्तिमसम्म आगलागी र डढेलोमा परी ११५ जनाको मृत्यु भएको थियो । २०८१ वैशाखयता १२ गतेसम्म आगलागी र डढेलोबाट सात जनाको मृत्यु भएको छ ।

Global Ime bank

डढेलोकै कारण देशका अधिकांश स्थानमा वायु प्रदूषण उच्च भएको छ । तत्काल वर्षा नभए अवस्था जटिल हुने शर्मा बताउँछन् । उनका अनुसार यही अवस्था रहने हो भने अझै एक महिना डढेलोको उच्च जोखिम रहन्छ ।

यता जल तथा मौसम पूर्वानुमान महाशाखाले कुनै नयाँ मौसमी प्रणाली भित्रिएर तत्कालै वर्षा हुने सम्भावना नरहेको जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार तराई क्षेत्रमा आउँदा केही दिन तापक्रम अहिलेकै जस्तो वा थोरै बढी हुन सक्ने पूर्वानुमान छ । पश्चिमी क्षेत्रमा तापक्रम यथावत् वा अहिलेको भन्दा केही बढी हुन सक्ने लामिछाने बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !