site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तलब नदिइ बन्द गरेपछि निदान अस्पतालका डाक्टर र नर्स पुगे प्रहरीकहाँ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललितपुरको पुल्चोकस्थित निदान अस्पतालले अस्पतालमा कार्र्यरत कर्मचारीको तलब नै नदिइ बन्द गरेको भन्दै त्यसमा कार्यरत डाक्टर र नर्सहरु प्रहरीकहाँ पुगेका छन् । 

अस्पतालका सञ्चालन अभिषेक श्रेष्ठले अस्पतालका डाक्टर, नर्स तथा सरसफाई कर्मचारीको तलब सहितको सेवा सुविधा नै नदिइ बन्द गरेको आरोप उनीहरुको छ । तीन महिनादेखि बिरामी भर्ना लिन बन्द गरेको अस्पताल हाल पूर्णरुपमा बन्द गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

डाक्टरहरुले नै तलब नपाएपछि कर्मचारीहरु सामूहिक रुपमा संचालकमाथि कारबाही गरी तलब सेवा सुविधा उपलब्ध गराई पाउँ भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा निवेदन दिएका छन् । जिल्ला प्रशासनले ललितपुरको अस्पताल सञ्चालकमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय ललितपुरलाई पत्राचार गरेको छ ।

अस्पतालमा कार्यरत डाक्टर÷नर्सहरु गरी ४३ जनाले निवेदन दिएका छन् । ललितपुर प्रहरीका एसपी नरेश सुवेदीका अनुसार जिल्ला प्रशासन कार्यालय मार्फत छानबिनका लागि प्रहरीलाई पत्राचार भएको हो ।

Global Ime bank

एसपी सुवेदीले भने, “सुरुमा हामीलाई निवेदन आएको होइन । जिल्ला प्रशासन कार्यालयमार्फत कर्मचारीको तलब नै नदिइ अस्पताल बन्द गरेको निवेदन हामीलाई फरवार्ड भएपछि छानबिन गर्दैछौं ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !