site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
२५ लाखसम्म मिल्ने ‘स्टार्टअप कर्जा’का लागि छानिए ३९४ कम्पनी

काठमाडौं । सरकारले दिने भनेको स्टार्टअप कर्जाका लागि पहिलो चरणमा ३९४ कम्पनी छनोट  भएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औ‍‍द्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार आवेदन दिएका एक हजार ६५८ मध्ये पहिलो चरणमा ३९४ कम्पनी तथा फर्म छानिएका हुन् ।

सरकारले ‘स्टार्टअप उद्यम कर्जा’का लागि गत फागुन १० गतेसम्म परियोजना प्रस्तावको आह्वान गरेको थियो ।

Dabur Nepal
NIC Asia

छनोटमा पर्ने दार्चुलादेखि ताप्लेजुङसम्मका कम्पनी तथा फर्म रहेका छन् ।

अबको छनोट प्रक्रिया के ?

पहिलो चरणमा छनोट भएका यी कम्पनीहरूलाई प्रतिष्ठानले यसै वैशाख १९ गतेदेखि जेठ ३ गतेसम्म प्रस्तुतीकरणका लागि बोलाएको छ । प्रस्तुतीकरणको मूल्यांकनपछि प्रतिष्ठानले कर्जा उपलब्ध गराउने बैंकलाई कालोसूचीमा परेन/परेको बुझ्न सिफारिस गर्नेछ ।

बैंकले देशभरका आफ्ना शाखाबाट फर्म, उद्योग तथा कम्पनीमै पुगेर मूल्यांकन गर्ने प्रतिष्ठानका सूचना अधिकारी विश्वनाथ घिमिरेले जानकारी दिए ।

यी सबै प्रक्रिया पूरा गरी छनोट भएका कम्पनीले तीन प्रतिशत ब्याजदरमा पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्नेछन् ।

कम्पनीले सरकारलाई दुईदेखि पाँच वर्षभित्र कर्जाको भुक्तानी गर्नुपर्नेछ ।

सरकारले स्टार्टअप उद्यम कर्जाका निम्ति चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ छुट्याएको छ । त्यसको करिब २५ प्रतिशत रकम कर्जा सुरक्षण कोषका लागि छुट्याइने उनले बताए । बाँकी करिब १८ करोड रुपैयाँ स्टार्टअप कर्जाका लागि उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro