site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्टार्टअप कर्जा लिनेको भीड, दुई हजार आवेदन पुग्ने आँकलन

काठमाडौं । सरकारले ‘स्टार्टअप उद्यम कर्जा’का लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको बिहीबार (फागुन १० गते) अन्तिम दिन हो । प्रतिष्ठानले माघ १९ गते २१ दिनभित्र प्रस्ताव पेस गर्न भन्दै सूचना जारी गरेको थियो । प्रस्ताव पेस गर्ने अन्तिम दिन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा भीड लागेको थियो । 

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० अनुसार सरकारले तीन प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको छ । त्यसैका लागि बुधबारसम्म ८०० वटा स्टार्टअप कम्पनीको प्रस्ताव पेस भएको प्रतिष्ठानले जनाएको छ ।

Dabur Nepal
NIC Asia

प्रतिष्ठानका सूचना अधिकारी विश्वनाथ घिमिरेले बिहीबार अन्तिम दिनमा समेत गरी दुई हजार आवेदन पुग्ने बताए । “हिजोसम्म ८०० प्रस्ताव आएको छ । बिहीबार अन्तिम दिन हो धेरै आवेदन आएकाले दुई हजारसम्म पुग्नसक्छ” उनले भने ।

बिहीबार भीड धेरै भएका कारण त्यहाँ आएकालाई टोकन बाँडेर अर्काे मितिमा बोलाइएको छ । “आज सबैलाई टोकन उपलब्ध गराउँछौँ र प्रस्तावनाको कागज/फाइल लिन्छौँ । त्यसपछि तोकिएको मितिमा हामी आफैँ बोलाउँछौँ,” घिमिरेले भने ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको प्रतिष्ठानले यीमध्ये छनौटमा परेका स्टार्टअपहरूलाई ऋण उपलब्ध गराउनेछ । सरकारले स्टार्टअप उद्यम कर्जाको लागि कुल २५ करोड रुपैयाँ छुट्याएको छ ।

यसमध्ये २५ प्रतिशत करिब ६ करोड २५ लाख रुपैयाँ छुट्याएर बाँकी रकम कर्जाका रूपमा उपलब्ध गराउने घिमिरेले बताए । छनौटमा परेका दुई लाख रुपैयाँदेखि १० लाख रुपैयाँ चुक्तापुँजी भएका सात वर्ष ननाघेका कम्पनीले कर्जा पाउने छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro