site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्टार्टअप कर्जाका निम्ति साढे १६ सयको आवेदन, कसरी छनोट हुन्छन् कम्पनी ?

काठमाडौं । सरकारले दिने ‘स्टार्टअप उद्यम कर्जा’का निम्ति करिब साढे १६ सयजनाले आवेदन दिएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गएको माघ १९ गते कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको थियो ।

तोकिएको २१ दिनको अवधिभित्र करिब एक हजार ६५८ प्रस्ताव पेस गरिएको प्रतिष्ठानका सूचना अधिकारी विश्वनाथ घिमिरेले जानकारी दिए ।

यीमध्ये छनोटमा परेका उद्यमीले तीन प्रतिशत ब्याजदरमा पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । सरकारलाई उक्त कर्जाको भुक्तानी दुई वर्षपछि गर्नुपर्नेछ ।

छनोट कसरी ?
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको सो प्रतिष्ठानका सूचना अधिकारी घिमिरेले करिब १०० देखि १५० कम्पनी वा उद्यमीले कर्जा पाउन सक्ने बताए ।

प्रतिष्ठानले अब चुक्ता पुँजी तोकिएभन्दा बढी भएकालगायत मापदण्डबाहिरका कम्पनी छानेर हटाउनेछ । त्यसरी पहिलो चरणको ‘सर्टलिस्ट’ गरिन्छ । थप विषय हेरेर दोस्रो चरणको सर्टलिस्ट पनि गरिने उनले जानकारी दिए ।

दोस्रो चरणको सर्टलिस्टमा परेका उद्यमीलाई परियोजनाको प्रस्तुतिकरणका निम्ति बोलाइनेछ । मूल्यांकन समितिले प्रस्तुतिकरण र परियोजनाको मूल्यांकन गर्नेछ ।

त्यसपछि छनोटको सम्भावना भएको कम्पनी कालोसूचीमा रहे/नहेको र अरू बैंकिङ प्रक्रिया हेरिनेछ । सबै विषय स्पष्ट भएपछि कर्जा प्राप्त गर्न सक्ने उद्यमी समितिले सिफारिस गर्नेछ ।

सरकारले स्टार्टअप उद्यम कर्जाका निम्ति २५ करोड रुपैयाँ छुट्टयाइएको प्रतिष्ठानका सूचना अधिकारी घिमिरेले बताए । त्यसको करिब २५ प्रतिशत रकम कर्जा सुरक्षण कोषका लागि छुट्टयाइने उनले बताए ।

बाँकी करिब १८ करोड रकम पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म मूल्यांकनानुसार कम्पनीहरूले प्राप्त गर्नेछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro