site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्टार्टअप कर्जा : दोस्रो वर्षदेखि साँवाब्याज तिर्नुपर्ने, नतिरे पासपोर्ट र सम्पत्ति रोक्का हुने

काठमाडौं । सरकारले स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘स्टार्टअप उद्यम कर्जा’ दिने तयारी गरेको छ । यसका लागि सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० ल्याएको थियो ।

कार्यविधिअनुसार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको  प्रतिष्ठानले माघ १९ गते २१ दिनभित्र प्रस्ताव पेस गर्न भन्दै सूचना जारी गरेको थियो ।

कार्यविधिअनुसार बैंकले कर्जा प्रवाह गर्न धितोका रूपमा व्यवसाय वा परियोजनालाई नै आधार मान्ने छ । अघिल्लो २०७९ सालको कार्यविधिमा भने बैंकले नै निक्षेपण वा कर्जा सुरक्षण कोषमा कर्जाको सुरक्षण गराउनु पर्ने विषय राखिएको थियो । यो कर्जा उद्यमीले पाँच वर्षसम्म तिरिसक्नु पर्नेछ ।

यस्तै, कर्जा लिएको दुई वर्षपछि साँवा र ब्याजवापतको रकम फिर्ता गर्न थाल्नुपर्नेछ । दुई वर्षसम्म भने कुनै रकम तिर्नुपर्ने छैन । अघिल्लो कार्यविधिमा भने अधिकतम सात वर्षभित्र तिर्नुपर्ने र तेस्रो वर्षदेखि तिर्न सुरु गर्नुपर्ने व्यवस्था रहेको थियो । कर्जाको वार्षिक ब्याज तीन प्रतिशत हुनेछ ।

पाँच लाख रुपैयाँसम्मको कर्जा एक किस्तामा, १५ लाखसम्मको दुई र २५ लाखसम्मको कर्जा तीन किस्तामा उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

प्रथम किस्ता उद्यममा प्रयोग गरेको प्रष्ट पारेपछि बैंकले निरीक्षण गरी थप रकम उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिअनुसार कर्जा चुक्ता नगरेमा बैंकले सम्बन्धित निकायमा कारबाहीका लागि सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ ।

उद्यमीले कर्जा नतिरेमा कर्जा खराब कर्जामा गणना हुनेछ । उद्यमीको राहदानी रोक्का एवं उद्यमीको नाममा रहेको चल अचल सम्पत्ति बिक्री गर्न बन्देज गरिनेछ ।

यस्तै, उद्यमीको बैंक तथा वित्तीय संस्थामा रहेको खाता रोक्का गरिने र सरकारबाट सेवा सुविधा रोकिनेछ ।

स्टार्टअपहरूलाई सहज तरिकाले कर्जा उपलब्ध हुने गरी कार्यविधि बनेको प्रतिष्ठानको भनाइ छ । सोहीअनुसार प्रतिष्ठानले पूर्णरूपले सहकार्य गरिरहेको जनाएको छ ।

यस्तो छ कार्यविधि र परियोजना प्रस्ताव पेस गर्ने तरिका : https://iedi.org.np/wp-content/uploads/2024/01/Startup-Enterprise-Credit-Procedures-2080.pdf

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro