site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई शतक बनेको खेलमा चेन्नाईविरुद्ध लखनउको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत दुई शतक बनेको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नाई सुपर किंग्सविरुद्ध ६ विकेटको जित निकालेको छ । मंगलबार एमए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा लखनउका मार्कुस स्टोइनिस र चेन्नईका कप्तान ऋतिराज गाइकवाडले शतक बनाएका हुन् ।

मंगलबार चेन्नाईले प्रस्तुत गरेको २११ रनको लक्ष्य लखनउले १९.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍याे । लखनउको जितमा स्टोइनिसले ६३ बलमा १३ चौका र ६ छक्कासहित १२४ रन बनाए । आईपीएलको इतिहासमा स्टोइनिसको यो पहिलो शतक हो । 

यसबाहेक, निकोलस पुरनले ३४, दीपक हुडाले १७, कप्तान केएल राहुलले १६ र देभदत्त पडिकलले १३ रन जोडे ।

चेन्नाईका मथिसा पथिरानाले दुई विकेट लिए । मुस्ताफिजुर रहमान र दीपक चहरले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको चेन्नाईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २१० रनको योगफल खडा गरेको थियो ।घरेलु टिमका कप्तान गाइकवाडले ६० बलमा १२ चौका र तीन छक्कासहित १०८ रन बनाएका थिए । शिवम दुवेले ६६ रन थपे । रविन्द्र जडेजाले १६ रन बनाए ।

लखनउका म्याट ह्यारी, मोहसिन खान र यश ठाकुरले समान एक एक विकेट हात पारे ।

जितसंगै आठ खेलबाट १० अंक जोडेको लखनउ तालिकाको चौथो स्थानमा छ । समान खेलबाट आठ अंक जोडेको चेन्नाई तालिकाको पाँचौँ स्थानमा छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro