site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कतारका अमिरले दिए लगानीको आश्वासन, भने– नेपालसँगको सम्बन्ध थप मजबुत बनाउँछौँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको दुईदिने भ्रमणमा रहेका कतारका अमिर शेख तमिम विन हमाद अल थानीले नेपालसँगको सम्बन्ध थप मजबुत बनाउने बताएका छन् ।

मंगलबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडलसँगको भेटमा कतारका अमिरले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरू पहिचान गर्न चाहेको बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अमिरले कतारको विकासमा नेपालीहरूको ठूलो योगदान रहेकोमा त्यसको प्रशंसा गर्दै आभार प्रकट गरेका थिए ।

उनले दुई देशबीच बुधबार हुने समझदारी तथा सम्झौता नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रहरूमा लगानीको नयाँ सम्भावनाहरू बढाउन सकिने विश्वास व्यक्त गरेको पोखरेलले बताए । 

Global Ime bank

कतारका अमिरले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरणसम्बन्धी सम्झौताहरूको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सबैका लागि सुखद वातावरण तयार हुने बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement