site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आइपुगे कतारका अमिर, राष्ट्रपति पौडेलले गरे स्वागत
Sarbottam CementSarbottam Cement

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आएका छन् ।  दुईदिने नेपाल भ्रमणका निम्ति मंगलबार नेपाल आइपुगेका हुन् । उनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका छन् । 

कतारका अमिर अल थानी फिलिपिन्सबाट बंगलादेश हुँदै मंगलबार काठमाडौं आइपुगेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछिको ४७ वर्षको इतिहासमा कतारबाट नेपालमा भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण हो । कतारका अमिर अल थानी विमानस्थलबाट सिधै राष्ट्रपति कार्यालय शीतल निवास जाने कार्यक्रम छ । शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता हुनेछ । 

कतार कमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार विहान ११ बजे होटल सोल्टीमा नेपाल–कतार द्वपक्षीय बैठकमा सहभागी हुनेछन् । कतार कमिर अल थानी बुधबार स्वदेश फर्कनेछन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement