site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
हेडसेटको ‘माइक्रोसफ्ट’ बन्दै मेटा, क्वैस्टको अपरेटिङ सिस्टम दियो अरू कम्पनीलाई
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेटाले यसको क्वैस्ट हेडसेटको अपरेटिङ सिस्टम (ओएस) अरू हार्डवेयर निर्मातालाई दिन थालेको छ । मेटाले सोमबार आफ्नो सफ्टवेयर अरू कम्पनीका निम्ति पनि लाइसेन्सिङ गर्न लागिएको जनाएको हो ।

सुरुमा मेटाले प्रमुख हेडसेट निर्माता असुस, लेनेभो र माइक्रोसफ्टको एक्सबक्सलाई सफ्टवेयर उपलब्ध गराउने भएको छ । तीनै कम्पनीले मेटाको सफ्टवेयरअनुसारका हार्डवेयर उत्पादन गर्ने पुष्टि गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

जसरी माइक्रोसफ्टले आफ्नो अपरेटिङ सिस्टम अरू कम्प्युटर उत्पादकलाई दिन्छ, त्यस्तै मेटाले पनि गर्न खोजेको भनिएको छ ।

‘मेटा होराइजन ओएस’ भनिएको यो अपरेटिङ सिस्टम डेभलपरका लागि समेत खुला गरिएको छ । उनीहरूले आँखा, अनुहार, हात, शरीर ट्र्याकिङ र हाई रिजोल्युसन पासथ्रुजस्ता प्रविधिमा पहुँच पाउन सक्छन् ।

Global Ime bank

मेटाको हेडसेट ओएसमा रहेको मिक्स्ड रियालिटी फिचरमार्फत प्रयोगकर्ताले भर्चुअल रियालिटीसँगै आफ्नो वरपरको वास्तविक दृश्य समेत देख्न सक्छन् ।

कम्पनीले भविष्यका सबै हेडसेट आईओएस र एन्ड्रोइड उपकरणमा मेटा क्वेस्ट एपमार्फत कनेन्ट हुन सक्ने जनाएको छ । मेटाले वैकल्पिक एप स्टोरमा समेत काम गरिरहेको छ ।

मेटाले यसलाई मेटाभर्सका निम्ति अझै खुला कम्प्युटिङ प्लेटफर्म बनाउने आफ्नो लक्ष्यतर्फको अर्काे कदम भनेको छ । मेटोको यो सफ्टवेयरका हेडसेट प्रयोगकर्ताले अनलाइनमार्फत भर्चुअल रियालिटीमा खेल खेल्ने, एकार्कासँग अन्तरक्रिया गर्न सक्ने, इभेन्ट, खेल एवं अन्य गतिविधि होस्ट गर्न सक्छन् ।

संस्थापक मार्क जुकरबर्गले भर्चुअल रियालिटी प्लेटफर्मका रूपमा मेटाभर्सको कन्सेप्ट अघि सार्दै पहिलेको फेसबुकलाई मेटाका रूपमा रिब्रान्ड गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement