site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारी ठग र दोहोरो नागरिकता भएकाहरूबाट देश कंगाल भइसक्यो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र सरकारमा बस्नेहरूको गलत व्यवहारका कारण देश संकटको अवस्थामा पुगेको बताएका छन् ।

नेकपाको ७६औँ स्थापना दिवसको अवसरका नेकपा मसाल रूपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै केसीले सहकारी ठग, ठूलाठूला भ्रष्टाचारमा संलग्न र दोहोरो नागरिकता भएकाहरूबाट देश कंगाल भइसकेको बताए । 

सत्तामा गएकाहरू साम्राज्यवादीको एजेन्डा बोकेर देशलाई लुटेको आरोप लगाउँदै उनले संसद्‌मा साम्राज्यवादी पसेको बताए ।

उनले भारतीय र अमेरिकन साम्राज्यवादले नेपालको भलो नचाहेको बताउँदै अमेरिकाले संसद्‌मा पार्टी खोलिसकेको दाबी गरे र

आधारभूतरूपमा कम्युनिस्टको सिद्वान्त र आचारणमा रहेकाहरूसँग सधैँ एकताको ढोका खुला रहेको अध्यक्ष केसीको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro