site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेले गतिलो ‘भाइ कांग्रेस’ बन्ने उद्देश्य राखेको छ : मोहन वैद्य
फाइल तस्बिर ।

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेकपा (एमाले)ले आफूलाई ‘भाइ कांग्रेस’ बनाउनका लागि नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हीरक जयन्ती मनाएको टिप्पणी गरेका छन् । 

सोमबार १५५औँ लेनिन जयन्तीको सन्दर्भमा पार्टीले आयोजना गरेको साम्राज्यवादी युगमा लेनिनवादको महत्त्व विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष वैद्यले एमाले गतिलो ‘भाइ कांग्रेस’ बन्नका लागि हीरक जयन्ती मनाएको टिप्पणी गरेका हुन् । 

Dabur Nepal
NIC Asia

उनले एमालेले हीरक जयन्ती मनाउनुको उद्देश्य २०८४ मा हुने चुनाव जितेर प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजीवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउनु रहेको उल्लेख गरे । सत्तामा रहेका एमाले, माओवादी केन्द्र, र एकीकृत समाजवादी कम्युनिस्ट पार्टी नभएको बाए । 

कम्युनिस्ट आन्दोलन दुई धारमा बाँडिएको उल्लेख गर्दै उनले सत्तामा भएका कम्युनिस्ट पार्टीहरू दक्षिणपन्थी अवसरवादी धारमा रहेका बताए । सत्तामा रहेका कम्युनिस्ट पार्टी र कांग्रेसका बीचमा कुनै तात्विक र मौलिक भिन्नता नभएको स्पष्ट पारे । सत्ताधारी कम्युनिस्टहरूले नेपालको वामपन्थी जनमतलाई भ्रममा पार्नका लागि मात्रै कम्युनिस्ट नाम राखेको आरोप लगाए । 

"कम्युनिस्ट आन्दोलनको एउटा धारा, दक्षिणपन्थी अवसरवादी, आत्मसर्मपणवादी धार हो । उनीहरूले आफूलाई कम्युनिस्टको नाममा राखेर, कम्युनिस्टको झन्डा चोरेर, माक्र्सवाद, माओवाद, लेनिनवादको नाम जपेर संसदवादको र प्रतिक्रियावादको खेती गरिरहेका छन् । आज सत्तामा कम्युनिस्टहरू छैनन् । तर प्रतिक्रियावादीहरुले सत्तामा कम्युनिस्टहरु छ, सरकारमा कम्युनिस्ट छ, केही पनि गर्न सकेको छैन भनेर बदनाम गरेका छन् । हाम्रो भनाइ के हो भने ती कम्युनिस्ट होइनन् । त्यो धार दक्षिणपन्थी अवसरवाद धार हो । नेपाली कांग्रेस र सत्ताधारी कम्युनिस्टका बीच कुनै तात्विक र मौलिक अन्तर छैन," उनले भने । 

उनले आफूहरू दक्षिणपन्थी अवसरवादको भण्डाफोर गर्दै अघि बढ्ने बताए ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro