देश
काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका–४, सिबुवामा बाँदर धपाउन राखिएको बन्दुक पड्किदा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५१ वर्षीया मनकुमारी सिगु छन् ।
मनकुमारी आइतबार राति साढे १० बजे घरदेखि अन्दाजी एक किलोमिटर उत्तरमा मकै रोपेको खेतमा बाँदरलाई धपाउनको लागि भरुवा बन्दुक लिएर गएकी थिइन् । बन्दुक पड्काउने क्रममा फायरिङ पिनको नाल फुटी पड्किदा बारुदको छर्राले शरीरको विभिन्न भागमा लागेर घाइते भएकी थिइन् । उपचारका क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१ १३:३६
प्रतिक्रिया दिनुहोस्